यी हुन् संवैधानिक इजलासमा सुनुवाइ हुने ३० मुद्दा, १४६ सांसदको रिट आठौँ नम्बरमा (सूचीसहित)
सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारदेखि प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटा रिटमाथि सुनुवाइ हुँदैछ ।
काठमाडौं, जेठ १४ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारदेखि प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटा रिटमाथि सुनुवाइ हुँदैछ ।
त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको छ । उक्त इजलासका लागि छनोट भएका न्यायाधीहरूमा दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।
संवैधानिक इजलासका लागि तोकिएका ३० वटै रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासमा तोकिएका १९ वटा रिटलाई पनि संवैधानिक इजलासमा पेश गर्न आदेश भएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमाथि संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ । उक्त रिट शुक्रबारको दैनिक पेशी सूचीको आठौँ नम्बरमा तोकिएको छ ।
यी हुन् रिट दायरकर्ता
(१) अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरसमेत
(२) अधिवक्ता राजकुमार सुवाल
(३) अधिवक्ता जीवनकुमार बस्नेतसमेत
(४) अधिवक्ता कुलबहादुर बोगटीसमेत
(५) अधिवक्ता पूर्ण राजवंशीसमेत
(६) अधिवक्ता अमिता गौतम पौडेलसमेत
(७) अधिवक्ता मनिराम उपाध्यायसमेत
(८) प्रतिनिधि सभाका सदस्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत
(९) अधिवक्ता दीपक दुवेसमेत
(१०) अधिवक्ता सन्तोष भण्डारीसमेत
(११) अधिवक्ता दीपकराज रेग्मीसमेत
(१२) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
(१३) अधिवक्ता शालिराम भट्टसमेत
(१४) अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेत
(१५) अधिवक्ता उमेश प्रसादसमेत
(१६) अधिवक्ता इन्द्रप्रसाद अर्याल
(१७) अधिवक्ता बद्रीराज भट्ट
(१८) अधिवक्ता वीरभद्र जोशीसमेत
(१९) अधिवक्ता अजय बुढाथोकीसमेत
(२०) अधिवक्ता दीपक राईसमेत
(२१) कृष्ण तिमल्सिना
(२२) अधिवक्ता दीपराज गिरीसमेत
(२३) सुलभ खरेल
(२४) अधिवक्ता नितिका ढुंगाना
(२५) अधिवक्ता चन्द्रप्रसाद लुइटेल
(२६ सुप्रिम लिगल एडका अधिवक्ता लोकेन्द्रबहादुर ओलीसमेत
(२७) अधिवक्ता धनजित बस्नेत
(२८) अधिवक्ता कृष्णप्रसाद भण्डारी
(२९) अधिवक्ता यज्ञमणि न्यौपाने
(३०) अधिवक्ता राजाराम घिमिरे




-1790252522.jpg)




-1790252522.jpg)

