चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
काठमाडौं, जेठ १४ : बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । चिकित्सक...
काठमाडौं, जेठ १४ : बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाही नगरेको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालले जनाएको छ ।
दाङका कोरोना संक्रमितको उपचारको क्रममा बिहीबार राति मृत्युपछि उनको आफन्तले चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेका थिए । कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रामण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।
बिरामीलाई बचाउने चिकित्सकहरुको मुख्य दायित्व भएको भन्दै उनले दोषीलाई तत्काल कारबाही नभएसम्म नयाँ बिरामी भर्ना नगर्ने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: १०:३० बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

