Kathmandu Press

बेलायतले पठायो अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौं, जेठ १४ : बेलायत सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस...
बेलायतले पठायो अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौं, जेठ १४ : बेलायत सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोग गरेको छ। 

लन्डनस्थित नेपाली राजदूतावसका अनुसार बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइएको छ। गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि विमानबाट स्वास्थ्य सामग्री पठाइएको हो। 

अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा बेलायत सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले जनाएको छ। 

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली सङ्घ, विभिन्न नेपाली सङ्घसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले बताए।

प्रकाशित मिति: ०६:३८ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्