फुटबलर मोहनको उपचारमा आर्थिक अभाव, आर्थिक संकलन गरिँदै
काठमाडौं, जेठ १३ : फुटबलर मोहन तरामु मगरको उपचामरा आर्थिक अभाव भएको छ। मोहनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।२६ वर्षीय मोनह पौडी...
काठमाडौं, जेठ १३ : फुटबलर मोहन तरामु मगरको उपचामरा आर्थिक अभाव भएको छ। मोहनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
२६ वर्षीय मोनह पौडी खेल्ने क्रममा घाइते भएका थिए । पौडी खेल्ने क्रममा टाउको ढुंगामा ठोकिँदा उनी गम्भीर घाइते भएको मोहनका टिममेट सागर थापाले बताए ।
शल्यक्रिया गर्न धेरै रकम लाग्ने भएकाले रकम अभावमा तल्कालै शल्यक्रिया गर्न नसकिएको उनले बताए । आर्थिक अवस्था कमजोर भएकाले उनको शल्यक्रियाका लागि रकम अभाव भएको छ। गुल्मीका स्थायी बासिन्दा मोहनको उपचारमा सहयोग गर्न फुटबल समर्थकहरु आर्थिक संकलन अभियान थालेका छन्।
गुल्मीका विभिन्न संघसंस्थाहरुले मोहनको उपचारमा सहयोग गर्न अपिल समेत गरेका छन् । मोहनले गत सिजन रानीपोखी कर्नर टिम (आरसिटी) बाट बी डिभिजन खेलेका थिए । उनले श्री कुमारीबाट पनि बी डिभिजन लिग खेलेका छन्।
मोहनको उपचारमा सहयोग गर्न चाहनेहरुले सागर थापाको नाममा एनएमबी बैंकमा रहेको खाता नं.०१७००५९९२१६०००११ मा रकम जम्मा गर्न सक्ने छन् । यस्तै, इसेवा आइडी ९८६७३२९७०९मा पनि रकम जम्मा गर्न सकिने छ।











