Kathmandu Press

रियलको मुख्य प्रशिक्षकबाट जिदानले दिए राजिनामा

काठमाडौं, जेठ १३ : स्पेनिस क्लब मुख्य प्रशिक्षकबाट जिनेदिन जिदानले राजिनामा दिएका छन् । रियलसँगको सम्झौता १ वर्ष बाँकी छँदै जिदानले प्रशिक्षकबाट राजिनामा...
रियलको मुख्य प्रशिक्षकबाट जिदानले दिए राजिनामा

काठमाडौं, जेठ १३ : स्पेनिस क्लब मुख्य प्रशिक्षकबाट जिनेदिन जिदानले राजिनामा दिएका छन् । रियलसँगको सम्झौता १ वर्ष बाँकी छँदै जिदानले प्रशिक्षकबाट राजिनामा दिएका हुन् ।

रियल मड्रिडले जिदानले क्लबसँगको सहमतिमै क्लब छाड्ने निर्णय बताएको छ । उनले जिदानको यो निर्णयको सम्मान गर्ने पनि बताएको छ। रियलका सफल प्रशिक्षक मध्येका एक जिदानले यो सिजन उपाधिबिहीन बनेपछि क्लब छाडेका हुन्।

यो सिजन रियल ला लिगामा दोस्रो स्थानमा रहेको थियो भने च्याम्पियन्स लिगमा पनि चेल्सीसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । जिदान सन् २०१९मा दोस्रो पटक रियलको प्रशिक्षक बनेका थिए। यसबीचा रियलले १ ला लिगा र १ सुपर कोपा डे स्पाना गरी २ उपाधि मात्र दिएको थियो ।

यसअघि उनले सन् २०१६ देखि १८ सम्म पनि रियलमा प्रशिक्षका रुपमा बिताएका थिए । त्यो अवधिमा रियलले लगातार तीन च्याम्पियनस लिगसहित ८ उपाधि जितेको थियो ।

जिदानले राजिनामा दिएसँगै रियलको नयाँ प्रशिक्षकमा रियलकै पूर्वखेलाडी तथा बी टिमका प्रशिक्षक राहुल र भर्खरै इन्टर मिलान छाडेका एन्टोनियो कोन्टेको चर्चा छ ।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्