Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अपराध गरे : संविधानविद् आचार्य

काठमाडौं, जेठ १३ : संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका छन् ।बिहीबार...
राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अपराध गरे : संविधानविद् आचार्य

काठमाडौं, जेठ १३ : संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनका सन्दर्भमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफलमा आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

“आजको दिन आउनुमा प्रधानमन्त्री र राष्ट्रपति मात्रै जिम्मेवार छैनन्, संसद् पनि जिम्मेवार छ। यसमा नैतिक जिम्मेवारी सभामुखको पनि हुन्छ। दुई कुरा उठाउन चाहन्छु। पहिलो, प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध हो ”, उनले भने ।

पद रिक्त नै नहुँदै नयाँ प्रधानमन्त्री दाबी गर्ने अचम्मको खेल भएकोमा प्रश्न गर्दै डा. आचार्यले प्रतिपक्ष र संसद् पनि निकम्म भएको पनि बताए ।

यति ठूलो जघन्य कसुर ती दुई निकायले गर्दा संसद मूकदर्शक हुनु र प्रतिपक्ष मुकदर्शक भएको प्रति बढी चिन्ता लागेको पनि उनले उल्लेख गरे

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्