उपत्यकाका तीन जिल्लामा हिजोको तुलनामा आज संक्रमित संख्या बढी
काठमाडौं, जेठ १३ ः पछिल्लो २४ घण्टामा उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढेको छ। उक्त अवधिमा उपत्यकाभरि २ हजार ३ सय ६७ जनामा...
काठमाडौं, जेठ १३ : पछिल्लो २४ घण्टामा उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढेको छ। उक्त अवधिमा उपत्यकाभरि २ हजार ३ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौँमा १ हजार ७ सय ३८, ललितपुरमा ३ सय ६४ र भक्तपुरमा २ सय ६५ जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक हिजो (बुधबार) को तथ्यांक हेर्दा काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौँमा १ हजार १ सय ३९, ललितपुर २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका थिए।
बुधबारको तुलनामा आज उपत्यकामा थपिएका संक्रमित ८ सय ७४ जनाले बढी हो। काठमाडौंमा हिजोभन्दा ५ सय ९९, ललितपुरमा १ सय ५५, भक्तपुरमा १ सय ५२ जना संक्रमित बढी थपिएका छन्।
प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

