Kathmandu Press

सन्दीप र सोमपाल क्यानाडाको ग्लोबल टी-२० प्रतियाेगितामा खेल्ने

काठमाडौं, असार ६ : सन्दीप लामिछाने र सोमपाल कामी क्यानाडाको ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन्। दुवै खेलाडीलाई जीटी-२० प्रतियाेगिताका लागि....

सन्दीप र सोमपाल क्यानाडाको ग्लोबल टी-२० प्रतियाेगितामा खेल्ने

काठमाडौं, असार ६ : सन्दीप लामिछाने र सोमपाल कामी क्यानाडाको ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन्। दुवै खेलाडीलाई जीटी-२० प्रतियाेगिताका लागि छनाेट गरिएकाे छ।

हिजो भएको अक्सनमा सन्दीपलाई टोरोन्टो नेसन्स टिमले लिएको हो। उनले गत सिजनमा पनि जीटी–२० लिग खेलको थिए।

सन्दीपले गत वर्ष मोन्टेरियल टाइगर्सबाट खेलेका थिए। उनको टिममा सुनिल नारिने, लसिथ मलिंगा थिए।

सन्दीप लामिछाने।

यस पटक भने उनलाई अर्को टिम टोरोन्टो नेसन्सले लिएको हो। उनको टिममा ब्रेन्डन म्याकुलम, युवराज सिंह, किरोन पोलार्ड, ट्रेन बोल्टलगायतका खेलाडी छन्।

त्यस्तै, सोमपाल भने पहिलो पटक जीटी–२० लिगका लागि छनोट भएका हुन्। उनी विनिपेग हक्स टिमबाट खेल्नेछन्। उनी पहिलो पटक क्यानेडियन लिग खेल्नेछन्।
उनको टिममा क्रिस लिन, ड्वारेन ब्राभो, जेपी डुमिनी, ड्वारेन स्मिथ, उमर अकमललगायतका खेलाडी छन्।

जीटी–२० प्रतियोगिता जुन २५ देखि सुरू हुनेछ। अगस्त ११ मा फाइनल खेल हुनेछ। प्रतियोगिताका सबै खेल क्यानाडाको ब्राम्टोनमा खेलाइनेछन्।

प्रकाशित मिति: १०:२६ बजे, शुक्रबार, असार ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्