अध्यादेशबाट देश चलाउन खोज्नु गलत : सभामुख
काठमाडौं, जेठ १३ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारबाट पछिल्लो समय भइरहेको अध्यादेश ल्याउने कार्यप्रति असन्तुष्टि जनाएका छन्।आज (बिहीबार) संसद भवनको ल्होत्से हलमा...काठमाडौं, जेठ १३ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारबाट पछिल्लो समय भइरहेको अध्यादेश ल्याउने कार्यप्रति असन्तुष्टि जनाएका छन्।
आज (बिहीबार) संसद भवनको ल्होत्से हलमा संविधानविद् तथा कानुनविद्हरुसँगको छलफलका क्रममा क्रममा आफ्नो धारणा राख्दै उनले अध्यादेशबाट मुलुक चलाउन खोज्नु गलत भएको टिप्पणी गरे। उनले सरकारद्वारा जारी कतिपय अध्यादेशहरू बडो सोच्नुपर्ने खालका रहेको उल्लेख गरे।
‘प्रतिनिधिसभामा छलफल गर्ने, राष्ट्रिय सभामा छलफल गर्ने कुरा छँदैछ। आम जनतामा छलफल गर्नुपर्ने र जोड्नुपर्ने कुरा पनि छ । पत्रकार र प्रतिनिधि सभासँग जोडेर पारित गर्नुपर्ने विधेयकहरु विचराधीन छन् र अहिले अध्यादेशले देश चलाउने कुरा भइरहेको छ। त्यो गलत छ,’ सभामुख सापकोटाले भने।
वर्तमान सरकारले एक वर्षयता अध्यादेश ल्याउने क्रमलाई तीव्रता दिएको छ। पछिल्लो तीन सातामा मात्रै ११ वटा अध्यादेश जारी गरिएका छन्। सरकारको यस्तो कार्यप्रति आम रूपमा आलोचना भइरहेको छ। तर सरकार भने कानमा तेल हालेर बसिरहेको छ।