कोरोना अपडेट : १०६ जनाको मृत्यु, ६९३९ नयाँ संक्रमित, निको हुनेको संख्या ७२२६
देशभर कुल २० हजार ९९२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
कोरोना संक्रमणका कारण गत २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ।
यस्तै देशभर कुल २० हजार ९९२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७२२६ रहेको छ। यससँगै बिहीबार संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ।
यस्तै काठमाडौं उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ।
प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

