Kathmandu Press

यसपालि पूर्ण होइन, कामचलाउ बजेट ल्याऊ : पूर्वअर्थमन्त्री मञ्च

काठमाडौं, जेठ १३ : पूर्वअर्थमन्त्रीहरूले अध्यादेशबाट आउने आगामी बजेट कामचलाउ मात्र हुनुपर्नेमा जोड दिएका छन्।पूर्वअर्थमन्त्रीहरू आबद्ध पूर्वअर्थमन्त्री मञ्चको बुधबार सम्पन्न बैठकले अहिले बहुमतको...
यसपालि पूर्ण होइन, कामचलाउ बजेट ल्याऊ : पूर्वअर्थमन्त्री मञ्च

काठमाडौं, जेठ १३ : पूर्वअर्थमन्त्रीहरूले अध्यादेशबाट आउने आगामी बजेट कामचलाउ मात्र हुनुपर्नेमा जोड दिएका छन्।

पूर्वअर्थमन्त्रीहरू आबद्ध पूर्वअर्थमन्त्री मञ्चको बुधबार सम्पन्न बैठकले अहिले बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको र प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा अदालतका विचाराधीन रहेकाले पूर्ण बजेट ल्याउन नमिल्ने निष्कर्ष निकालेको हो ।

बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे तथा वर्षमान पुन सहभागी थिए। विश्वव्यापी प्रचलन हेर्दा अहिलेको परिस्थितिमा पूर्ण बजेट ल्याउन नमिल्ने तर्क उनीहरूले गरेका छन्। 

संसद नभएको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउनैपर्ने बाध्यता रहेको प्रति पूर्वअर्थमन्त्रीहरू सहमत छन्। तथापि नियमित खर्च मात्रै गर्ने गरी अन्तरिम बजेट ल्याउनुपर्ने सुझाव उनीहरुले दिएका छन्।

कोरोना महामारीले मुलुक आक्रान्त भएको बेला बजेटले कोरोनाविरुद्धको खोप उपलब्धतालाई पहिलो प्राथमिकता दिई जनताको जीवन सुरक्षित बनाउनुपर्नेमा जोड दिँदै उनीहरूले स्वास्थ्य पूर्वाधारहरूको निर्माण, स्वास्थ्य सामग्रीहरूको उपलब्धता तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा एवं सुविधालाई बजेटले विशेष ध्यान दिनुपर्ने सुझाव बैठकले दिएको मञ्चले जनाएको छ।

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्