मेसी थप दुई वर्ष बार्सिलोनामै बस्ने
काठमाडौं, जेठ १३ : विश्व फुटबल जगतका अत्यन्त कुशल सर्वाधिक चर्चित खेलाडी लियोनल मेस्सी अर्को क्लबमा जाने हल्ला चलिरहेका बेला अब दुई बार्सिलोनामै बस्ने सहमति भएको...
काठमाडौं, जेठ १३ : विश्व फुटबल जगतका अत्यन्त कुशल सर्वाधिक चर्चित खेलाडी लियोनल मेस्सी अर्को क्लबमा जाने हल्ला चलिरहेका बेला अब दुई बार्सिलोनामै बस्ने सहमति भएको छ।
स्पेनका सञ्चारमाध्यमहमा आएका समाचारअनुसार बार्सिलोना क्लबका अध्यक्ष जोआन लापोर्ताले मेस्सीका बुवा जोर्गेलाई भनेर सन् २०२३ को जुन महिनासम्मको सम्झौताका लागि मनाएको बताइएको छ।
गत वर्ष आफूहरुविरुद्ध तत्कालीन अध्यक्ष बार्तोमेउले अभियान चलाएपछि मेस्सी निकै दुःखी भएका थिए। त्यसपछि उनी म्यानचेस्टर सिटी र पेरिस सेन्ट-जर्मेनमध्ये एउटा क्लबमा जाने अड्कलबाजी गरिएको थियो।
स्पेनी न्युज वेबसाइट एल कन्फिडेन्सियलका अनुसार मेस्सीलाई क्लबमा राख्न सफल भएपछि अब बार्सिलोनाले म्यानचेस्टर सिटी अर्का अर्जेन्टिनी खेलाडी सर्जिओ अग्वेरोलाई पनि भित्र्याउने जनाइएको छ।
क्लबमा आन्तरिक लेखापरीक्षण चलिरहेकाले मेस्सीको तलब र अन्य सेवासुविधाको व्यवस्थापनलाई अन्तिम रूप दिन बाँकी रहेको स्पेनी सञ्चारमाध्यमहरूले जनाएका छन्।











