Kathmandu Press

कालापत्थर पुगी कमेडी गरेर नेपग्याजमले लेखायो गिनिज बुकमा नाम

काठमाडौं, जेठ १३ : स्ट्याडप कमेडियनको एउटा समूह ‘नेपग्याजम’ ले सगरमाथाको कालापत्थरमा स्ट्यान्ड अप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको...
कालापत्थर पुगी कमेडी गरेर नेपग्याजमले लेखायो गिनिज बुकमा नाम

काठमाडौं, जेठ १३ : स्ट्यान्ड अप कमेडियनको एउटा समूह ‘नेपग्याजम’ ले सगरमाथाको कालापत्थरमा कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ।

‘नेपग्याजम’ का तर्फबाट उमेशकुमार गौतम (युकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो) ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाइमा स्ट्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए।

‘प्रदूषणरहित समाजको परिकल्पना : हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरू त्यहाँ पुगेका थिए।

नेपग्याजम मिडिया एन्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए।

कलाकार उमेश र लेखमणिले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटेर ३०/३० मिनेटका दुईवटा स्ट्यान्डप अप कमेडी प्रस्तुत गरिएको बताए।

नेपालमा स्ट्याडप कमेडी गर्ने थुप्रै समूह रहे पनि  ‘नेपग्याजम’ ले विशेष पहिचान बनाइसकेको छ। यसले प्रस्तुत गर्ने कमेडीहरू बेलाबेलामा युट्युबको नेपाल ट्रेन्डिङमा पनि परिरहेका हुन्छन्। 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्