Kathmandu Press

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार त्यससम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका १९ वटा रिट निवेदनमाथि प्रधानन्यायाधीश राणाको एकल इजलासमा बिहीबार प्रारम्भिक सुनुवाइ भएको थियो ।

त्यसबाहेकका ११ वटा रिट संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।
 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्