Kathmandu Press

संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ वटा रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । 
संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ वटा रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । 

पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ। जोशीले बहस सुरु गरेका छन्।

राणाले आफ्नै इजलासमा प्रारम्भिक सुनुवाइ तोकेका छन्। उक्त इजलासमा १९ रिटको मात्र सुनुवाइ हुँदै छ। संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी छन् ।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्