Kathmandu Press

कस-कसको रिटमा सुनुवाइ हुँदैछ प्रधानन्यायाधीशको इजलासमा (सूचीसहित)

बिहीबार सुनुवाइ भइरहेका १९ वटै रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । र, उत्प्रेषणको आदेश माग गरिएको छ ।
कस-कसको रिटमा सुनुवाइ हुँदैछ प्रधानन्यायाधीशको इजलासमा (सूचीसहित)

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ वटा रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ हुँदैछ ।

ती सबैको सुनुवाइ प्रधानन्यायाधीशले आफ्नो एकल इजलासमा तोकेका हुन् । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यरातपछि प्रतिनिधिसभा विघटन गरी २६ कात्तिक र ३ मंसिरमा चुनावको मिति तोकेकी थिइन् ।

सर्वोच्च अदालतका अनुसार बिहीबार सुनुवाइ भइरहेका १९ वटै रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । र, उत्प्रेषणको आदेश माग गरिएको छ ।

यी हुन् रिट निवेदक कानून व्यवसायी

(१) अधिवक्ता वीरभद्र जोशीसमेत
(२) अधिवक्ता अजय बुढाथोकीसमेत
(३) अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेत
(४) अधिवक्ता शालिकराम सापकोटासमेत
(५) अधिवक्ता बद्रीराज भट्ट
(६) अधिवक्ता नीतिका ढुंगाना
(७) सुप्रिम लिगल एडका माइतीघर काठमाडौंका संस्थापक लोकेन्द्रबहादुर ओलीसमेत
(८) अधिवक्ता इन्द्रप्रसाद अर्याल
(९) अधिवक्ता उमेश प्रसादसमेत
(१०) अधिवक्ता दिनेश त्रिपाठी
(११) अधिवक्ता चन्द्रप्रसाद लुइटेलसमेत
(१२) कृष्ण तिमल्सिना
(१३) अधिवक्ता दीपक राईसमेत
(१४) अधिवक्ता दीपकराज कँडेलसमेत
(१५) सुलभ खरेल
(१६) अधिवक्ता धनजित बस्नेत
(१७) अधिवक्ता कृष्णप्रसाद भण्डारी
(१८) अधिवक्ता राजाराम घिमिरे
(१९) अधिवक्ता यज्ञमणी न्यौपाने

स्रोत- सर्वोच्च अदालत दैनिक पेशी सूची
 

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्