संविधानविद्सँग परामर्श गर्दै सभामुख

काठमाडौं, जेठ १३ : प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानुन व्यवसायीसँग परामर्श गर्ने भएका छन्। केही दिन अघि पूर्वसभामुखसँग छलफल गरेका सभामुख सापकोटाले आज संविधानविद्, कानुन व्यवसायीसँग परामर्श गर्ने भएका हुन्।
सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग प्रतिनिधिसभाको जेठ ८ गते गरिएको असंवैधानिक विघटनका विषयमा सभामुख सापकोटाले परामर्श गर्न लागेको हुन् ।
प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

