Kathmandu Press

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आज सुनुवाइ हुने

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आजदेखि सुनुवाइ हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गराएकी थिइन्।...
प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आज सुनुवाइ हुने

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आजदेखि सुनुवाइ हुने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गराएकी थिइन्। त्यसका विरुद्ध सर्वोच्च अदालतमा ३० रिट परेका छन्। 

सर्वोच्च अदालतमा परेका रिटमध्ये १९ रिटमा आज सुनुवाइ हुने भएको हो। अन्य ११ रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी सर्वोच्च अदालतमा रिट परेका हुन्। विपक्षी गठबन्धनका पाँच दलका एक सय ४६ सांसदले रिट दायर गरेका हुन्। 

त्यस्तै, कानुन व्यवसायीले पनि रिट दर्ता गरेका छन्। सांसदहरुले दर्ता गरेको रिटमा भने शुक्रबार सुनुवाइ हुनेछ। 

प्रकाशित मिति: ०९:१३ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्