Kathmandu Press

सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन

काठमाडौं, जेठ १३ : सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको बिहीबार निधन भएको छ।कोरोना भाइरसको संक्रमणसँगै निमोनियाबाट पीडित भएका उनको आज बिहान निधन भएको...
सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन

काठमाडौं, जेठ १३ : सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको गएराति निधन भएको छ।

कोरोना भाइरसको संक्रमणसँगै निमोनियाबाट पीडित भएका उनको बुधबार राति निधन भएको परिवारजनले बताएका छन्। मल्लको काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

कैलालीका मल्ल केही दिनदेखि निदान अस्पतालमा उपचाररत थिए। उपचारका क्रममा बुधबार राति ११ बजे निधन भएको परिवारजनले बताएका छन्। 

उनी सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख हुन्। उनलाई २०७४ माघ ३ गते सुदूरपश्चिमको प्रदेश प्रमुख नियुक्त गरिएको थियो। 

उनी राप्रपा छोडेर कांग्रेसमा प्रवेश गरेका थिए। त्यसअघि राष्ट्रिय पञ्चायतका सदस्य पनि भएका थिए। 
 

प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्