चुनावलाई प्रभाव पार्ने बजेट नल्याऊ: पूर्वप्रमुख निर्वाचन आयुक्त
काठमाडौं, जेठ १३ : पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले चुनावलाई प्रभाव पार्ने गरि नीति कार्यक्रम तथा बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।पूर्वप्रमुख निर्वाचन आयुक्तले संयुक्त विज्ञप्ति...
काठमाडौं, जेठ १३ : पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले चुनावलाई प्रभाव पार्ने गरि नीति कार्यक्रम तथा बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्तले संयुक्त विज्ञप्ति जारी गरी कामचलाउ सरकारले चुनावालाई प्रभावित गर्नेगरी बजेट ल्याउन नहुने बताएका छन्। उनीहरूले भनेका छन्, ‘कामचालउन सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमको नयाँ नीति, कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं।,’
पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र कार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएका छन्।





-1790252522.jpg)




-1790252522.jpg)

