Kathmandu Press

चक्रवात 'यस'को नेपालमा पनि प्रभाव, देशैभर वर्षा हुने

काठमाडौं, जेठ १३ : बंगालको खाडीमा विकसित भएको यस चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएको छ। चक्रवातको प्रभावका कारण देशैभरी वर्षा हुने जल तथा...
चक्रवात 'यस'को नेपालमा पनि प्रभाव, देशैभर वर्षा हुने

काठमाडौं, जेठ १३ : बंगालको खाडीमा विकसित भएको यस चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएको छ। चक्रवातको प्रभावका कारण देशैभरी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आजदेखि जेठ १५ गते सम्म यस चक्रवातको प्रभाव पर्ने जनाएको छ। जसले गर्दा देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको आकलन गरेको छ। 

बंगालको खाडीमा शक्तिशाली चक्रवात यस विकसित भएको छ। यो समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको छ। अहिले उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेको छ। 

यो चक्रवातले भारतको पशिम बंगाल, उडिसा, विहार लगायतका प्रदेशमा प्रभाव पार्ने जनाएको छ। त्यहाँका झण्ड १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। 

यसको प्रभाव नेपालमा पनि पर्ने विभागले जनाएको छ। आजदेखि शनिबारसम्म प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ। 

त्यस्तै, चक्रवातको प्रभावले प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा भारी वर्षा हुने र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा चट्याङसहित उच्च वेगको हावाहुरी आउने जनाएको छ। कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने विभागको प्रक्षेपण छ। यससँगै हिमाली तथा उच्च पहाडी भेगमा हिममपात हुने जनाएको छ। 

प्रकाशित मिति: ०७:४० बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्