Kathmandu Press

नेपालमा २४ घण्टाका लागि विदेशी च्यानल बन्द गरिने

काठमाडौं, असार ५ : केवल टेलिभिजन व्यवसायीहरुले असार ९ र १० गते २४ घण्टा विदेशी टिभी च्यानल बन्द गर्ने भएका छन्।

सरकारले राष्ट्रियसभामा ....

नेपालमा २४ घण्टाका लागि विदेशी च्यानल बन्द गरिने

काठमाडौं, असार ५ : केवल टेलिभिजन व्यवसायीहरुले असार ९ र १० गते २४ घण्टा विदेशी टिभी च्यानल बन्द गर्ने भएका छन्।

सरकारले राष्ट्रियसभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लीन फिडको प्रावधानप्रति आपत्ति जनाउँदै व्यवसायीहरूले आगामी असार ९ गते र १० गते दुई दिन २४ घण्टा विदेशी टेलिभिजन च्यानल बन्द गर्ने भएका हुन्।

केवल टेलिभिजन व्यवसायीहरूले आगामी सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म विदेशी च्यानलहरू बन्द गर्ने घोषणा गरेका हुन्। इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक लगायत अन्य केबल टिभी व्यवसायीहरुले समर्थन गर्दै २४ घण्टाका लागि टिभी बन्द गर्न लागिएको केबल टेलिभिजन महासंघको अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए। 

Hardik ivf

‘नेपालमा प्रसारण हुने ८५ प्रतिशत टेलिभिजन विदेशी रहेको र इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लीन फिड दिन व्यवहारिक र व्यवसायिक रूपमा असमर्थ हुने छ। त्यस्तो अवस्थामा कराडौं रुपैयाँ बढी लगानी डुब्ने छ’ पराजुलीले भने।

विधेयक पारित भएपछि विदेशी च्यानल बन्द गर्दा त्यसको असर  नेपाली च्यानलमा कस्तो पर्छ भन्ने परीक्षण गर्न पनि बन्द गर्न लागिएको इन्टरनेट सम्प्रदायक एसोसियसनका अध्यक्ष भोजराज भट्टले बताए। ‘विधेयक पास भएमा हाम्रो मौलिक रुपमा पाउँदै आएको मनोरञ्जन सम्बन्धी हक पनि गुमाउनु पर्ने अवस्था आउने छ’,भट्टले भने। 

यदि विज्ञापन विधेयक पास भएमा (क्लीन फिड) विदेशी च्यानलहरुले नेपालमा विज्ञापन बजाउन पाउने छैनन्। विज्ञापन बजाउनै परेमा नेपालामै उत्पादन गरेका विज्ञापनहरु मात्र प्रशारण वा बजाउने पाइने विधेयक उल्लेख गरिएको छ।

राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विज्ञापन विधेयकको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लीन फिड) प्रसारण गर्नुपर्ने प्रावधान राखिएको छ ।

सोही दफाको उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था राखिएको छ। (क्लीन फिड) विज्ञापन विधेयक लागू भएमा नेपालमा सबैभन्दा चर्चित धेरै हेरिने भारतीय च्यानलहरू स्टार प्लस, स्टार स्पोर्ट्स कलर्स टिभी, स्टार प्लस, जी टिभीजस्ता  च्यानल बन्द हुँदा हिन्दी सिरियल, खेलकुद लगायत अन्य मनोरञ्जनात्मक टेलि श्रृंखलाहरु प्रभावित हुनेछन्।

प्रस्तावित विज्ञापन विधेयक संसदबाट पास भएपछि राजपत्रमा सूचना प्रकाशित गरेर क्लीन फिड लागू गरिने छ।
 

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, असार ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्