Kathmandu Press

यस्तो बन्यो नेदरल्यान्ड्स र डेनमार्कको युरोकप टिम (सूचीसहित)

काठमाडौं, जेठ १२ : युरोकप फुटबलका लागि नेदरल्यान्ड्स र डेनमार्कको टोली घोषणा गरेका छन् । नेदरल्यान्ड्स र डेनमार्कले २६ सदस्यीय अन्तिम टोली घोषणा...
यस्तो बन्यो नेदरल्यान्ड्स र डेनमार्कको युरोकप टिम (सूचीसहित)
फाइल तस्बिर

काठमाडौं, जेठ १२ : युरोकप फुटबलका लागि नेदरल्यान्ड्स र डेनमार्कको टोली घोषणा गरेका छन् । नेदरल्यान्ड्स र डेनमार्कले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

नेदरल्यान्ड्स फुटबल टोलीका मुख्य प्रशिक्षक फ्रान्क डे बोएरले सन् २०१० मा विश्वकप फाइनल खेलेका गोलरक्षक मार्टेन स्टेकेलेनबर्गलाई समेट्दै टोली घोषणा गरेका हुन्। यस्तै टोलीमा युवा फरवार्ड कोडी गाक्पो अटाएका छन्।  

तर, यसअघि घोषणा गरिएको ३४ सदस्यीय प्रारम्भिक टोलीमा परेका टोटेनहमका विंगर स्टिभन बर्गवाइन भने अन्तिम २६ मा अटाउन सकेनन्।  

यता डेनमार्कका प्रशिक्षक क्यास्पर हुलमान्डले घोषणा गरेको टिममा लेस्टर सिटीका गोलकिपर क्यासपर सेमिकल, युवा खेलाडीहरु आन्द्रेज स्कोभ ओल्सन र मिकेल डाम्सगार्ड, सिमोन कजार, क्रिस्टियन एरिकसन लगायत रहेका छन्।

नेदरल्यान्ड्सको टोली :

गोलरक्षक : जास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलेनबर्ग
डिफेन्डर : नाथन आके, डेली ब्लिन्ड, म्याथिस डे लिग्ट, स्टेफान डे भ्रिज, डेन्जेल डमफ्राइज, जुरिएम टिम्बर, प्याट्रिक भान आनहल्ट, जोल भेल्टम्यान, ओवेन विन्दाल
मिडफिल्डर : फ्रेंकी डे जोङ, मार्टेन डे रुन, रायन ग्राभनबर्च, डेभि क्लासेन, तिउन कुपमेनेर्स, डोनी भान डे बिक, जर्जिनियो वाइनाल्डम
फरवार्ड : स्टिभन बर्घिअस, लुक डे जोङ, मेम्फीस डिपाए, कोडी गाक्पो, डोनी मालेन, क्विन्सी प्रोमेस, वुट वेघोर्स्ट

डेनमार्कको टोली

गोलकिपर : क्यास्पर सेमिकल, जोनास लोसल, फ्रेडेरिक रोनोव
डिफेण्डर : जेन्स स्ट्रगर लार्सन, सिमोन कजार, आन्द्रेज क्रिस्टेनसन, जोचिम आन्द्रेसेन, डानिएल वास, माथियस जोर्गेनसेन, जोकिम मेले, जानिक भेस्टरगार्ड, निकोलाई बोइलेसेन
मिडफिल्डर : माथिस जानसेन, क्रिस्टियन नोरगार्ड, पिएरे एमिली होजवर्ग, थोमस डिलाने, एन्डर्स क्रिस्टियनसेन, क्रिस्टियन एरिक्सन, मिकेल डाम्सगार्ड, रोवर्ट स्कोभ
फरवार्ड : मार्टिन ब्रेथवेइटे, आन्द्रेज कोर्नेलिस, आन्द्रेस स्कोभ ओल्सेन, युसुफ पाउलसेन, क्यास्पर डोलवरग, जोनास विन्ड

प्रकाशित मिति: २१:१८ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्