सर्वसाधारणलाई दुःख दिने मनसायले निषेधाज्ञा गरिएको होइन : सिडिओ पराजुली
काठमाडौं, जेठ १२ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले अत्यावश्यकबाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन भएको दाबी गरेका...
काठमाडौं, जेठ १२ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले अत्यावश्यकबाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन भएको दाबी गरेका छन् ।
बुधवार काठमाडौंको नागढुङ्गा नाका अनुगमन गर्दै पराजुलीले कोरोना सङ्क्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनसाय नभएको प्रष्ट समेत पारे । उनले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौंमा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरू खानै नपाइने हो कि भनेर, आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् ।
बिहान–बेलुकी छाक टार्न नै समस्या पर्नेहरूका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रबन्ध मिलाएको उनको भनाइ छ । आपत् विपद् परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत त्यस्ता व्यक्तिहरूलाई राहत उपलब्ध गराउने प्रबन्ध पनि मिलाएका पनि उनले जानकारी दिए ।
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राख्न उनको अपिल थियो ।




-1790252522.jpg)




-1790252522.jpg)

