Kathmandu Press

काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

काठमाडौं, जेठ १२ : काठमाडौंमा फेरि बर्डफ्लु देखिएको छ। काठमाडौंको किर्तिपुरमा दुई ठाउँ र चन्द्रागिरीमा एक ठाउँमा टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु...
काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

काठमाडौं, जेठ १२ : काठमाडौंमा फेरि बर्डफ्लु देखिएको छ। काठमाडौंको किर्तिपुर र चन्द्रागिरीमा व्यवसायिक प्रयोजनका लागि पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

आज (बुधबार) त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाएको विभागले जनाएको छ। विभागका अनुसार प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिका छन्।

टर्की मर्न थालेको सूचना पाइएपछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो। संक्रमण पाइएको विभागको भनाइ छ।

पन्छी नष्ट र निसंक्रमण विधि सकिएलगत्तै  बुधबार साँझसम्म विष्तृत विवरण सार्वजनिक गर्ने  विभागले जनाएको छ। केही महिनाअघि काठमाडौंको तारकेश्वर र ललितपुरको नख्खु क्षेत्रमा लोकल कुखुरा र टर्कीमा बर्डफ्लु देखिएको थियो।

प्रकाशित मिति: १४:५७ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्