ललितपुरमा फ्रन्टलाइनरलाई कोभिसिल्डको दोस्रो डोज लगाइँदै
काठमाडौं, जेठ १२ : फ्रन्टलाइनमा खटिएका कामदारलाई ललितपुरमा कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको छ। दोस्रो डोज लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतका फ्रन्टलाइन...
काठमाडौं, जेठ १२ : फ्रन्टलाइनमा खटिएका कामदारलाई ललितपुरमा कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको छ। दोस्रो डोज लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतका फ्रन्टलाइन वर्करलाई बुधबारदेखि कोभिसिल्डको दोस्रो डोज दिन सुरु गरिएको हो।
जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई कोभिसिल्डको खोप दिने निर्णय गरेको हो ।
फ्रन्टलाइनमा रहेर सेवा दिइरहेका सुरक्षाकर्मीलाई जेठ १२ गते बिहान १० बजेदेखि ललितपुरस्थित महानगरीय प्रहरी वृत्त जाउलाखेलमा खोप लगाउने व्यवस्था मिलाइएको छ।
यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थानका कर्मचारीले जेठ १३ र १४ गते स्वास्थ्य कार्यालय ललितपुरबाट कोभिसिल्डको दोस्रो डोज लगाउन सक्ने छन् ।




-1790252522.jpg)




-1790252522.jpg)

