Kathmandu Press

भारतले भन्यो- नेपालको राजनीतिक घटनाक्रमलाई नोटिसमा लिएका छौँ

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बुधबार नेपालबारे भारत सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।
भारतले भन्यो- नेपालको राजनीतिक घटनाक्रमलाई नोटिसमा लिएका छौँ

काठमाडौं, जेठ १२ : भारतले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नोटिसमा लिएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बुधबार नेपालबारे भारत सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

सञ्चारमाध्यमहरूबाट सोधिएका प्रश्नहरूबारे प्रेस नोट जारी गर्दै बाग्चीले भनेका छन्, ‘हामीले नेपालको पछिल्लो राजनीतिक विकास क्रमलाई नोट गरेका छौँ । हामी यसलाई नेपालको आन्तरिक मामिलाका रूपमा हेर्छौँ, जसलाई नेपालकै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाटै निप्ट्याउनु आवश्यक छ ।’

एक छिमेकी र मित्रको नाताबाट भारत सधैँ नेपाल र नेपाली जनताको प्रगति, शान्ति, स्थायित्व र विकासका लागि सहयोग गर्न तत्पर रहेको बाग्चीले प्रष्ट पारेका छन् ।

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्