Kathmandu Press

रहेनन् गायक स्वयम्भुराज शाक्य

ललितपुर, जेठ १२ : गायक स्वयम्भुराज शाक्यको  निधन भएको छ। भगवान बुद्धसम्बन्धी भजन गायनमा विशेष रूपमा चिनिएका उनको मंगलबार राति निधन भएको हो।ललितपुर निवासी...
रहेनन् गायक स्वयम्भुराज शाक्य

ललितपुर, जेठ १२ : गायक स्वयम्भुराज शाक्यको  निधन भएको छ। भगवान बुद्धसम्बन्धी भजन गायनमा विशेष रूपमा चिनिएका उनको मंगलबार राति निधन भएको हो।

ललितपुर निवासी शाक्यले थुप्रै बुध्द भजन गाएका छन्। उनले बुध्द भजन शृंखला तथा ज्ञानमाला भजन शृंखलामा पनि सहभागिता जनाएका थिए। उनले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा गायकका रूपमा पनि काम गरे।

त्यहाँ रहँदा उनले थुप्रै रंगमञ्चीय कार्यक्रम तथा गीति नाटकहरूमा पनि गाएका थिए। रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका उनले त्यहीँबाट थुप्रै गीत रेकर्ड पनि गराएका थिए। उनले नेपाल भाषाका गीत समेटेर विभिन्न एल्बम पनि निकालेका छन्।

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्