५३ देशमा भेटियो कोरोनाको ‘इन्डियन भेरियन्ट’
वासिङ्टन, जेठ १२ : कारोना भाइरसको ‘इन्डियन भेरियन्ट’ विश्वको ५३ देशमा भेटिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा पहिलोपटक देखापरेको कोरोना भाइरसको नयाँ...
वासिङ्टन, जेठ १२ : कारोना भाइरसको ‘इन्डियन भेरियन्ट’ विश्वको ५३ देशमा भेटिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा पहिलोपटक देखापरेको कोरोना भाइरसको नयाँ भेरियन्ट बी.१.६१७ विश्वको ५३ देशमा भेटिएको बताएको छ।
यसबाहेक डब्लूएचओले भेरियन्ट बी.१.६१७ अन्य सात देशमा फेला परेको अनौपचारिक स्रोतहरूबाट जानकारी प्राप्त गरेको बताएको छ।संयुक्त राष्ट्रसंघको साप्ताहिक महामारी तथ्यांकले भेरियन्ट बी.१.६१७ को संक्रमण क्षमता वृद्धि भएको देखाएको हो।
एक सातायता विश्वव्यापी रूपमा नयाँ संक्रमित घटेको तर मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको पनि बताइएको छ। पछिल्लो साता विश्वव्यापी रुपमा कोरोना भाइरसको ४१ लाख नयाँ संक्रमित थपिएको र मृत्यु हुनेको संख्या ८४ हजार रहेको तथ्यांक छ।
‘चार सातायता विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्यामा गिरावट आए पनि मृत्यु हुनेको संख्या उच्च रहेको र धेरै मुलुकामा मृत्युदर उल्लेखनीय रुपमा वृद्धि भएको देखिएको छ,’ विश्व स्वास्थ्य संगठनले भन्यो।
विश्वव्यापी रुपमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ करोड ८५ लाख ३२ हजार ५ सय ७५ छ भने मुत्यु हुने ३४ लाख ९९ हजार ९ सय ४२ जना छन् । त्यस्तै निको हुनेको संख्या १५ करोड ६८ हजार ९ सय १७ छ।




-1790252522.jpg)




-1790252522.jpg)

