Kathmandu Press

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका दलहरूबीच भर्चुअल बैठक

काठमाडौं, जेठ १२ : चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलहरूबीच बुधबार भर्चुअल बैठक हुँदैछ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले बैठक आयोजना...
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका दलहरूबीच भर्चुअल बैठक

काठमाडौं, जेठ १२ : चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलहरूबीच बुधबार भर्चुअल बैठक हुँदैछ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले बैठक आयोजना गरेको हो ।

बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउलगायत सहभागी हुने छन् । 

कांग्रेसबाट नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने भएका छन् ।

यस्तै, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपतिसमसेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि बैठकमा सहभागी हुने छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका दलहरूलाई कोभिड–१९ महामारीसँग लड्न करिब ४० करोड रुपैयाँका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्दैछ ।
 

प्रकाशित मिति: ११:१० बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्