Kathmandu Press

अस्पतालबाट भागेका संक्रमित पक्राउ

अस्पतालबाट भागेका संक्रमित पक्राउ

डोटी, जेठ १२ : डोटीको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक कोरोना संक्रमतिलाई प्रहरीले पक्राउ गरेको छ।

बडिकेदारको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरेका ४५ वर्षीय पुरुष मंगलबार दिउँसो भागेका थिए । उनलाई प्रहरी चौकी खडेउलीबाट खटिएको प्रहरीको टोलीले मंगलबार राति नै पक्राउ गरेको छ । उनलाई अस्पतालमै ल्याइएको छ ।

संक्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो । भागेका संक्रमित पुरुषलाई बडिकेदार गाउँपालिका–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि निजलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनी मंलबार भागेका थिए । आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर उनी मंलबार दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: ११:०६ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्