Kathmandu Press

राखेपको राष्ट्रिय टिम तयारी निर्देशकमा राई नियुक्त

काठमाडौं, असार ५  : राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्रकुमार राई नियुक्त भएका छन्।

राष्ट्रिय खेलकुद....

राखेपको राष्ट्रिय टिम तयारी निर्देशकमा राई नियुक्त

काठमाडौं, असार ५  : राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्रकुमार राई नियुक्त भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागमा दरबन्दी रहने गरी राईलाई रिक्त निर्देशकमा नियुक्त गरिएको राखेपाका सदस्य सचिव केशव कुमार बिष्टले जानकारी दिए। राई यसअघि खेलकुद विज्ञान प्रतिष्ठानमा उपनिर्देशकका रूपमा कार्यरत थिए।

२०५२ सालमा कराँते प्रशिक्षकको रुपमा ताप्लेजुङ्गबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्वितीय श्रेणीको रुपमा वरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नती भएका थिए। यस्तै, काठमाडौं जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण विभाग प्रमुखमा कार्यरत रहेका राईलाई तत्कालीन सदस्य सचिव युवराज लामाको समयमा २०७२ सालमा तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकमा पदोन्नती गरिएको थियो। 

राई २०७४ सालदेखि नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत रहेका थिए।

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, असार ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्