कांग्रेसकाे पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै
काठमाडौं, जेठ १२ नेपाली कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ। आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी तथा...
काठमाडौं, जेठ १२ नेपाली कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाएको छ। त्यस्तै, प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा पनि छलफल हुने पौडेलले बताए।
कांग्रेस लगायत पाँच दलले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरि सर्वोच्च अदालतमा रिट दायरका गरेका छन्। रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ।
प्रकाशित मिति: ०८:२६ बजे, बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

