महन्थ ठाकुरले सोधे उपेन्द्र यादवलाई स्पष्टीकरण
काठमाडौं, जेठ १२ : नेकपा (एमाले)मा विवाद बढेसँगै सुरू भएको जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ। एक अध्यक्षले अर्को अध्यक्षलाई स्पष्टीकरण सोधेका...
काठमाडौं, जेठ १२ : नेकपा (एमाले)मा विवाद बढेसँगै सुरू भएको जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ। एक अध्यक्षले अर्को अध्यक्षलाई स्पष्टीकरण सोधेका छन्।
जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन्। पार्टीको निर्णय विपरित हिँडेको भन्दै ठाकुरले स्पष्टीकरण सोधेका छन्।
ठाकुरले मंगलबार सोधेको सात बुँदे स्पष्टीकरणमा अनुशासनको कारबाही गर्ने जनाएका छन्। जसमा विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग मिलेर सर्वोच्च अदालतमा रिट दायर गर्न गएको आरोप लगाएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गरेको विषयमा पनि स्पष्टीरकणमा उल्लेख गरेका छन्।
जसपा दुवै अध्यक्ष केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका थिए। विवाद बढेपछि ठाकुरले स्थगित गरिएको सूचना निकालेका थिए भने यादवले बैठक बोलाएका थिए।
जेठ ८ र ९ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न निर्णय गरेको थियो। बैठकमा ५१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये ३१ जना सहभागी थिए।




-1790252522.jpg)




-1790252522.jpg)

