Kathmandu Press

काठमाडौं उपत्यकामा ‘मर्निङ र इभिनिङ वाक’ बन्द 

काठमाडौं, जेठ ११ : काठमाडौं उपत्यकाका ३ जिल्लामा अब निषेधाज्ञाको समयमा ‘मर्निङ र इभिनिङ वाक’ गर्न नपाइने भएको छ ।जेठ २० गतेसम्मका लागि...
काठमाडौं उपत्यकामा ‘मर्निङ र इभिनिङ वाक’ बन्द 

काठमाडौं, जेठ ११ : काठमाडौं उपत्यकाका ३ जिल्लामा अब निषेधाज्ञाको समयमा ‘मर्निङ र इभिनिङ वाक’ गर्न नपाइने भएको छ ।

जेठ २० गतेसम्मका लागि थपिएको निषेधाज्ञाको अवधिमा ‘मर्निङ र इभिनिङ वाक’ बन्द गर्न नपाईने भएको हो । अब अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको कामका लागि मात्रै बाहिर हिँडडुल गर्न पाइने भएको छ।

निषेधाज्ञाको उल्लंघन गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
 

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्