Kathmandu Press

कांग्रेस प्रवक्ता शर्मा  कोरोना संक्रमणमुक्त

काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् ।कांग्रेस प्रचारप्रसार विभाग प्रमुख समेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको...
कांग्रेस प्रवक्ता शर्मा  कोरोना संक्रमणमुक्त

काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

कांग्रेस प्रचारप्रसार विभाग प्रमुख समेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उनी कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका छन् । प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताए । 

शर्माले मित्रको शुभेच्छा र चिकित्कसको मार्ग निर्देशनप्रति आभारी भएको बताए। काँग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परिक्षणमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । 

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्