एक्सनमा उत्रन कोभिड–१९ संकट व्यवस्थापन समितिलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, जेठ ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई अब एक्सनमा उत्रिन निर्देशन दिएका छन् ।कोभिड-१९ निर्देशक...काठमाडौं, जेठ ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई अब एक्सनमा उत्रिन निर्देशन दिएका छन् ।
कोभिड-१९ निर्देशक समितिको पहिलो बैठकबाट ओलीले यस्तो निर्देशन दिएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला अहिलेको पहिलो प्राथमिता खोपको आयात भएको बताए । यसका साथै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।
प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

