शुक्रबारदेखि निषेधाज्ञा थप कडाई, के खोल्न पाइन्छ- के पाइन्न ? (सुचीसहित)
निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।
काठमाडौं, जेठ ११ : काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप थप एक साता लम्बाईएसँगै कडा पारिने भएको छ ।
निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो । अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।
प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको लगाउने निर्णय गरेको छ । शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको छ ।
यद्यपी स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेसम्म मात्र गर्न सकिने उल्लेख गरिएको छ । यस्तै पत्रकार तथा सञ्चारकर्मीहरुका लागि सुचना विभागको परिचयपत्र अनिवार्य गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश :




-1790252522.jpg)




-1790252522.jpg)

