विघटनविरुद्धका रिटमाथि बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ
काठमाडौं, जेठ ११ : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाग गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने...
काठमाडौं, जेठ ११ : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाग गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
संवैधानिक इजलासमा नपरेका निवेदनहरूको बिहीबार सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि भने शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन्। तीमध्ये १९ रिटको साधारण इजलास र ११ रिटको संवैधानिक इजलासमा सुनुवाइ माग गरिएको छ।
‘प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै २६ र पुनर्स्थापना भए केपी ओलीलाई नै प्रधानमन्त्री दिनुपर्ने माग गर्दै चारवटा रिट सर्वोच्चमा परेको जनाइएको छ।
प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

