Kathmandu Press

गण्डकी प्रदेशसभा अधिवेशन जेठ १६ मा बोलाउन सिफारिस

पोखरा, जेठ ११ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गण्डकी प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस गरिएको छ।गण्डकी प्रदेशको आज (मंगलबार) बसेको मन्त्रिपरिषद्ले जेठ १६...
गण्डकी प्रदेशसभा अधिवेशन जेठ १६ मा बोलाउन सिफारिस

पोखरा, जेठ ११ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गण्डकी प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस गरिएको छ।

गण्डकी प्रदेशको आज (मंगलबार) बसेको मन्त्रिपरिषद्ले जेठ १६ गते दिउँसो १ बजे सभागृह हलमा अधिवेशन बोलाउन आज (मंगलबार) सिफारिस गरेको हो।

गण्डकी प्रद्शसभाको सातौं अधिवेशन चैत २५ बाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो। आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।

त्यस्ते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि जेठ २८ भित्र विश्वासको मत लिनुपर्छ। त्यसैका लागि अधिवेशन आह्वानका लागि सिफरिस गरिएको बताइएको छ।

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्