बालमन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण
काठमाडौं, जेठ ११ : नक्साल र सिफलका बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ।नेपाल बाल संगठनका अनुसार सिफलमा रहेको बाल मन्दिरमा ३६...
काठमाडौं, जेठ ११ : नक्साल र सिफलका बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ।
नेपाल बाल संगठनका अनुसार सिफलमा रहेको बाल मन्दिरमा ३६ र नक्सालको बालमन्दिरमा २३ जना बालबालिकामा संक्रमण देखिएको हो। १० जना सुसारेमा पनि संक्रमण देखिएको बाल संगठनको भनाइ छ।
रिपोर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने बताइएको छ। संक्रमित बालबालिका आठ महिनादेखि १८ वर्षसम्मका छन्। अपाङ्गता भएका केही बालबालिका पनि संक्रमित भएका छन्।
नक्सालको संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ। तर सिफलका बालबालिकालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको जनाइएको छ।
प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

