Kathmandu Press

प्रधानन्यायधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च अदालत

काठमाडौं, जेठ ११ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ। सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले मंगलबार...
प्रधानन्यायधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च अदालत
सर्वोच्च अदालत।

काठमाडौं, जेठ ११ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ। 

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले मंगलबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचार सत्य नरहेको प्रष्ट पारेका हुन् । 


जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ ।
 

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्