Kathmandu Press

सुदूरपश्चिममा बिहान बोलाइएको एमाले संसदीय दलको बैठक अझै बस्न सकेन

धनगढी, जेठ ११ : सुदूरपश्चिम प्रदेशसभा एमाले संसदीय दलको बैठक आज (मंगलबार) बिहान बस्ने भनिएको पनि अझै बस्न सकेको छैन। वरिष्ठ नेता माधव...
सुदूरपश्चिममा बिहान बोलाइएको एमाले संसदीय दलको बैठक अझै बस्न सकेन

धनगढी, जेठ ११ : सुदूरपश्चिम प्रदेशसभा एमाले संसदीय दलको बैठक आज (मंगलबार) बिहान बस्ने भनिएको पनि अझै बस्न सकेको छैन। वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूबीच मतभेद सिर्जना हुँदा बैठक बस्न नसकेको बताइएको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन्।

बिहान ८ बजे दलको कार्यालय पुगेका केही सांसद दलको नेता र प्रमुख सचेतक नै नआएको भन्दै बाहिरिएका थिए। नेता शाहले मंगलबार बिहान आफ्नो पक्षका मात्रै सांसदलाई बैठकमा बोलाएका थिए।

आफ्नो समूहका सांसदहरूलाई बोलाएको भन्दै नेपाल समूहका केही सांसदले दलको नेताको आलोचना गरेका थिए।

सूदूरपश्चिम प्रदेशसभाका ५२ जना प्रदेश सांसदमध्ये एमालेका २५ जना छन्। त्यष्समा पनि एमालेका २५ सांसदमध्ये १८ जना वरिष्ठ नेता माधव नेपाल समूह र सातजना अध्यक्ष केपी ओली समूहमा आबद्ध छन्। ओली समूहका एक जना सभामुख छन्।

दलका नेता शाहलाई ओली पक्षका सांसदहरूलाई पनि बोलाउन दबाब आएपछि अहिलेसम्म बैठक बस्न नसकेको बताइएको छ।

सोमबार मात्रै मात्र एमाले केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन दियएको थियो।

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्