विशाखा र दिपुले ल्याए देउडा गीत ‘बरको छायाँले’
काठमाडौं, जेठ ११ : गायिका विशाखा शाही र गायक दिपु कान्छोले देउडा पपगीत ‘बरको छायाँले’ बजारमा ल्याएका छन् । दिपुले नै लेखेको गीतमा...
काठमाडौं, जेठ ११ : गायिका विशाखा शाही र गायक दिपु कान्छोले देउडा पपगीत ‘बरको छायाँले’ बजारमा ल्याएका छन् । दिपुले नै लेखेको गीतमा संगीत पनि उनकै छ । गीतमा एरेन्ज सुमन केसीको रहेको छ।
गीतमा मायालु जोडीबीचको प्रेमका संवादलाई समेटिएको छ। प्रविण सिंहले निर्देशन गरेको गीतको भिडियो अमृत उपाध्ययले खिचेका हुन् । भिडियोमा कृष्ण बाबु र विमला साउदले अभिनय गरेका छन् । भिडियो जय संगीत म्युजिकको युट्युबबाट सर्वाजनिक भएको हो।
हेर्नुस् भिडियाे
प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












