उपत्यकामा निषेधाज्ञा थप्न तीनै जिल्लाका सीडीओहरूको आज छलफल हु्ँदै
काठमाडौं, जेठ ११ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्नेबारे छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरूको बैठक बस्दैछ।उपत्यकाका तीनै जिल्लाका...
काठमाडौं, जेठ ११ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्नेबारे छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरूको बैठक बस्दैछ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्न लागेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ। उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म मात्र कायम हुनेछ। त्यसभन्दा उताका लागि आजै (मंगलबार नै) निषेधाज्ञा थप्ने आदेश जारी गर्न लागिएको हो।
कोरोना संक्रमणको दोस्रो लहरलाई मध्यनजर गर्दै उपत्यकामा थपिने निषेधाज्ञालाई थप कडा पार्न लागिएको छ।
अब थपिने निषेधाज्ञा अझ कडा हुने काठमाडौं जिल्ला प्रशासन स्रोतले जनाएको छ। खासगरी तरकारी पसलहरूमा ज्यादै भिडभाड हुन थालेकाले त्यसलाई कसरी नियन्त्रण गर्ने भनी छलफल चलिरहेको बताइएको छ।
अहिले तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका छन्। केही समयका लागि तरकारी बजार बन्द गर्न सक्ने सम्भावना रहेको बताइएको छ।
त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। यहीबीचमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश पनि जारी भइसकेको छ।




-1790252522.jpg)




-1790252522.jpg)

