Kathmandu Press

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

धनगढी, जेठ ११ : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ।आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर...
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

धनगढी, जेठ ११ : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ।

आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन्।

आइतबार मात्र एमाले केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

सूदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १८ जना वरिष्ठ नेता माधव नेपाल समूह र सातजना अध्यक्ष केपी ओली समूहमा आबद्ध छन्। 

माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट र उनको सरकार बहुमत सांसदको समर्थन पाए जोगिनेछ।  यसका लागि नेपाल समूहका सांसदले के गर्लान् भनी चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्