Kathmandu Press

पूर्वसभामुखहरूसँग छलफल गर्दै सभामुख सापकोटा

काठमाडौं, ११ जेठ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) अपराह्न १ बजे पूर्वसभामुखहरूसँग छलफल गर्न लाग्दैछन्।संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा...
पूर्वसभामुखहरूसँग छलफल गर्दै सभामुख सापकोटा

काठमाडौं, जेठ ११ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) अपराह्न १ बजे पूर्वसभामुखहरूसँग छलफल गर्न लाग्दैछन्।

संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा संसद विघटनपछि उत्पन्न पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी ओलको  सिफरिसमा गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भएको छ। सभामुख सापकोटाले पनि सो कदमको विरोध जनाइसकेका छन्।

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट १ सय ४६ सांसदले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्।

प्रकाशित मिति: ११:१५ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्