Kathmandu Press

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, जेठ ११ : कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न...
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, जेठ ११ : कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। 

उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ। आजको बैठकले फेरि तीनै जिल्लामा कम्तिमा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। 

उनका अनुसार अब थपिने निषेधाज्ञामा कडाइ पनि गरिने भएको छ। कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ हुन नसकेकाले अबको निषेधाज्ञामा कडाइ गरिने उनको भनाइ छ। 

अब निषेधाज्ञा पालना गराउन काठमाडौंका टोलटोलमा प्रहरी परिचालन गरिने भएको छ। यससँगै निषेधाज्ञा पालना गराउन माइकिङ समेत गरिने भएको छ। 

काठमाडौं उपत्यका वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गरिएको थियो। सुरुआतमा एक हप्ता निषेधाज्ञा जारी गरिएको थियो भने त्यसपछि एक साता थपेर वैशाख ३० गतेसम्म लम्ब्याइएको थियो।

कोरोना संक्रमण घट्न नसकेपछि दुई साता निषेधाज्ञा थपिएको थियो। पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदै छ। 

निषेधाज्ञा नसकिँदै फेरि थप्ने तयारी गरिएको हो। सरकारले पनि निषेधाज्ञा थप्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिएको छ। अहिले देशभका ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। 

प्रकाशित मिति: ०८:४८ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्