Kathmandu Press

‘यास्’ चक्रवातको प्रभाव : मंगलबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौ, जेठ १० : नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।  बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रमा बनेको ‘यास्’...
‘यास्’ चक्रवातको प्रभाव : मंगलबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौ, जेठ १० : नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।  

बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रमा बनेको ‘यास्’ नामक चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको जल तथा मौसम विभागले जनाएको छ ।

‘यास्’ उत्तर उत्तरपश्‍चिम सर्ने क्रममा शक्तिशाली भई १२ गतेसम्म ‘ली’चक्रवात परिणत हुने भएकाले त्यसको असर नेपालको भू-भागमा पर्ने भएकाले सबैलाई सजग रहन विभागले आग्रह गरेको हो ।

अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ को उच्च हिमाली रपहाडी भूभागका केही स्थानहरूमा हलुकादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रकाशित मिति: २१:३५ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्