Kathmandu Press

रामोस बिनै घोषणा भयो युरोकपका लागि स्पेनिस टिम

रामोस बिनै घोषणा भयो युरोकपका लागि स्पेनिस टिम

काठमाडौं, जेठ १० : आसन्न युरोकपका लागि स्पेनले राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रशिक्षक लुइस एनरिकेले नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै २४ सदस्यीय टिम घोषणा गरेका हुन्।

युरोकपका लागि एनरिकेले घोषणा गरेको टिममा रामोससँगै नाचो फर्नान्डेस, साउल निगुइज, पाको अल्कासार लगायत खेलाडी हटाउन सकेनन्। प्रशिक्षक एनरिकेले इंग्लिस क्लब म्यान्चेस्टर सिटीका युवा डिफेन्डर इरिक गार्सिया, कोके, फेरान टोरेस, सर्जियो बुस्केट्स, पेड्री, रोड्री, अल्भारो मोराट, डेविड डे गिया, थियागो, पाउ टोरेस, मार्कस लोरन्टेलगायत खेलाडीलाई समेटेका छन् ।

एनरिकेले भर्खरै फ्रेन्च नागरिकता त्याग्दै स्पेनिस नागिरकता लिएका अमेरिक लापोर्टलाई पनि टिममा राखेका छन् । उनले एनरिकेकै सल्लाहमा स्पेनिस नागरिकता लिएका हुन्। एनरिकेको टिममा स्पेनिस टिममा रियल मड्रिडका कुनै पनि खेलाडी अटाउन सकेका छैन्। स्पेनिस टिममा म्यान्चेस्टर सिटीका सर्वाधिक ४ जना खेलाडी परेका छन् ।

यस्तै, बार्सिलोनाका ३, एट्लेटिको मड्रिड, भिल्लारियल समान २ खेलाडी परेका छन्। यस्तै, म्यान्चेस्टर युनाइटेड, एथ्लेटिक बिल्बाओ, ब्राइटन, भ्यालेन्सिया, चेल्सी, लिड्स, लिभरपुल, नापोली, आरबी लेइपजिग, रियल सोसिडाड, युभेन्ट्स, वुल्भ्स र पिएसजीका १–१ खेलाडी छन्। ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुने प्रतियोगितामा स्पेन समूह इमा छ ।

यो समूहमा स्वीडेन, पोल्यान्ड र स्लोभाकिया छन् । स्पेनले १५ जुनमा स्वीडेन, २० जुनमा पोल्यान्ड र २३ जुनमा स्लोभाकियासँग खेल्ने छ।

यस्तो छ २४ सदस्यीय स्पेनिस टिम :

गोलकिपर : डेविड डे गेया (म्यान्चेस्टर युनाइटेड), उनाई सिमोन (एथ्लेटिक बिल्बाओ), रोबर्टो सान्चेज (ब्राइटन)

डिफेन्डर : जोसे गाया (भ्यालेन्सिया), जोर्डी अल्बा (बार्सिलोना), पाउ टोरेस (भिल्लारियल), अमेरिक लापोर्ट (म्यान्चेस्टर सिटी), इरिक गार्सिया (म्यान्चेस्टर सिटी), डिएगो लोरन्टे (लिड्स), सेसर एजप्लिक्वेटा (चेल्सी), मार्कस लोरन्टे (एट्लेटिको मड्रिड)।

मिडफिल्डर : सर्जियो बुस्केट्स (बार्सिलोना), रोड्री (म्यान्चेस्टर सिटी), पेड्री (बार्सिलोना), कोके (एट्लेटिको मड्रिड), थिएगो अल्कान्टारा (लिभरपुल), फाबियन रुइज (नापोली) ।

स्ट्राइक ः डानी ओल्मो (आरबी लेइपजिग), मिकेल ओयासाबेल (रियल सोसिडाड), अल्भारो मोराटा (युभेन्ट्स), जेरार्ड मोरेनो (भिल्लारियल), फेरान टोरेस (म्यान्चेस्टर सिटी), एडम ट्राउरे (वुल्भ्स), पाब्लो साराबिया (पिएसजी)।

प्रकाशित मिति: २१:३१ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्